कमिशनका डन कलाकार लेकाली (अडियो सहित)

7588

भुवन कार्की
बुटवल, २ चैत । विभिन्न मेला महोत्सवमा कलाकार बोलाउने र आयोजकबाट कमिशन नपाए भांडभैलो गर्ने एकजना बुटवलका कलाकार नारायण खनाल (लेकाली) को एक विवादित अडियो सामाजिक संजालमा भाइरहल बनेको छ ।
बुटवलमा गत फागुन २१ देखि २७ गतेसम्म चलेको प्रादेशिक महोेत्सवलाई कोरना संक्रमण खतराको कारण जिल्ला प्रशासन कार्यालयले बन्द गराएपछि पुरानो सिर साँधेर महोत्सवका ठेकेदार राजवीर जयसवालाई धम्की दिएको अडियो बाहिरिएको हो । कम्युष्टि सरकारको ठेक्का नैै आफूले लिएजस्तो गरी लेकालीले कम्युनिष्टका नेता कलाकार नबोलाएका कारण महोत्सव बन्द गराइदिएको बताएका छन् । प्रदेश सरकार र मन्त्रीहरुले समेत समर्थन गरेको मेला आफ्नो पहलमा बन्द गराईदिएको आशय उनले ब्यक्त गरेका छन् । आफ्ना दाजुभाई मन्त्री र सांसद भएको भन्दै सत्ताउमान्दको भाषा उनले बोलेका छन् । अरबपती भएको घमण्डका साथ आफू चारतला माथि र कम्युनिष्टका कैयौं कार्यकता आफ्नो तल्लो तलामा बसेको दाबी उनले गरेका छन् । प्रदेश नं. ५ आफ्नो राज्य भएको भन्दै आफ्नो सहमतिबिना यस प्रदेशमा कुनै पनि कार्यक्रम गर्न र काँग्रेसका कलाकार बोलाउन नदिने धम्की उनले दिएका छन् । उनले भनेका छन्—कम्युनिष्ट सरकारको पैसाले काँग्रेसका कलाकारलाई उफार्ने ?
कारण कमिशनको
यसअघि रुपन्देहीको फर्साटिकरमा व्यापार संघले आयोजना गरेको मेलामा लेकालीले सांगीतिक कार्यक्रमको ठेक्का लिन चाहन्थे । उनले आठ लाखमा ठेक्का लिएर पाँच लाखमा अरुलाई दिएर तीन लाख कमिशन खाने दाउँमा थिए । कुरा करिब फाइनल भएको थियो । तर राजबीर जयसवालले उनलाई पन्छाएर छ लाखमा आयोजकसंग सम्झौता गरिदिएपछि त्यसको रिस साँध्ने प्रायासमा लेकाली थिए । बुटवलमा महोत्सव विवादका बिच शुरु भएको र प्रदेश सरकारकै आलोचना बढेपछि प्रशासनमार्फत बन्द गराइएको थियो । तर कम्युनिष्ट कालाकारलाई नबोलाएर काँगेसका कलाकारलाई बोलाएपछि आफूले महोत्सव रोकिदिएको भ्रम उनले अडियोमार्फत छरेका छन् । यद्देपी उक्त महोत्सवमा तत्कालिन चुनावको समयमा ‘मै पनि एमाले सै पनि एमाले’ बोलका गीत गाउँने नेकपाका कलाकार बद्री पङ्गेनी, प्रिया भण्डारी लागयतका कलाकारले महोत्सवमा प्रस्तुति दिइसेकेका थिए । तर राजनीतिक पूर्वाग्रह राखेका लेकालीले नेकपाका कलाकार सबैको जिम्मा आफूले लिएको भान पार्ने गरी जयसवाललाई फागुन २७ गते राति धम्क्याएका थिए । चन्द्र शर्मा र रामजी खाँड जस्ता काला कांग्रेसले अब मेला नचल्ने भन्दै आफू भने कालो कम्युनिष्ट भएको दम्भ अडियोमा सुनाएका छन् ।
को हुन् लेकाली ?
पाल्पा जिल्लाको रामपुरका रैथाने हाल बुटवलको सुख्खानगर निवासी लेकालीको पुरा नाम नारायण खनाल हो । सेवा निवृत प्रावि तहका शिक्षक हुन् उनी । आधा दर्जन गीति गाएको भनिए पनि उनलाई देशैभरि चिनाउने चर्चित गीत भने नभएको उनी निकटकै कलाकारहरु बताउँछन् । केही वर्षअघि बुटवलको गोधुली रोधी घर संचालन गरेका लेकाली तत्कालिन नेकपा एमाले निकटको जनसांस्कृति मंचमा आबद्ध थिए । लोक दोहोरी गीत प्रतिष्ठानमा एक पटक केन्द्रीय सदस्य बनेका लेकाली अघिल्लो चुनावमा प्रतिष्ठानको केन्द्रीय उपमहाचिवमा चुनाव लडेर हारेका थिए । प्रतिष्ठानको गत निर्वाचनमा केन्द्रीय सचिवमा लडेका लेकाली पुनः पराजीत भएका थिए । हाल नयाँ खास पेशा केही नगरेका लेकाली देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवमा कलाकारको सेटिङ मिलाउने र कमिशन लिने काममा सक्रिय भएको जानकारहरु बताउँछन् । राजनीतिक रंगमा कलाकारलाई बिभाजित गर्ने र स्वार्थ समूह तयार गरेर कमिशन असुल्न लेकाली उद्धत रहेको बताइन्छ ।
अडियो रेर्कडमा दोहोरो संवाद गर्ने जयसवालले बाहिरिएको अडियो रेर्कड सबै साँचो भएको बताए । यसबारे विस्तृत विवरण भने केही दिनमा पत्रकार सम्मेलन गरेरै बताउने उनले उल्लेख गरे । लेकालीको फोन भने स्विच अफ भएका कारण सम्पर्क हुन सकेन ।
अडियो सुन्नुहोस्