मुख्यमन्त्रीकै भाषण निराशाजनक

306

भुुवन कार्की
बुटवल, १५ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न कार्यक्रममा विभिन्न प्रकारका अभिब्यक्ति दिने गरेका छन् । बुटवलबाट प्रकाशित हँुदै आएको लुम्बिनी दैनिक पत्रिकाको ३२ औं वार्षिकोत्सवकोे अवसरमा बिहीबार तिलोत्तमामा आयोजना गरेको कार्यक्रममा उनले संचारजगतको उछितो नै काडे । कार्यक्रममा उनले निराशाजनक उद्घोष गरे ।
मुख्यमन्त्री पोखरेलले पत्रकारहरुलाई लक्षित गरेर धेरै कुरा बोले । सत्यतथ्यभन्दा बाहिर गएर विषयबस्तु उठाएको भन्दै सम्पादकहरुको समेत बिरोध गरे । मुख्यमन्त्री पोखरेलले पत्रकारहरुप्रति निकै रोश प्रकट गरे । निकै धेरै बिम्ब प्रयोग गरेर पत्रकारहरुलाई होच्याउने प्रयास उनले गरे । पत्रकारहरु अल्छी भएको भन्दै राज्यको बिरोध गर्नमा मात्र जाँगर देखाएको आरोप उनले लगाए ।
पछिल्लो घट्नाक्रमबारे इंगित गरेर पत्रकारलाई उनले घटनाको अतिरन्जीत गरेको आरोप लगाए तर पत्रकारले लेखेको यो चाँही गलत छ भनेर भन्न सकेनन् । हालै मात्र केन्द्रीय राजनीतिमा भ्रष्टचारको विषय पेचिलो बने पनि त्यसबारे उनले सांकेतिक कुरा मात्र बोलेर टारे । यर्थाथ यो हो भन्न सकेनन् । उनले तथ्यभन्दा बाहिरको कुरा पत्रकारले गर्न नहुने तर्क गरे । यो निवर्तमान संचारमन्त्री गोकुल बास्कोटप्रति लक्षित थियो । यो घटनाको सर्वाधिक सर्वाधिक आलोचना भएको छ ।
प्रदेशको राजधानी बुटवलबाट दाङ लैजाने कोशिस गरिरहेका मुख्यमन्त्री पोखरेलले यहाँका धेरै विरोधाभाष कुरा गर्ने कोशिस गरे । लुम्बिनी विकास कोषको योजनाबारे पनि उनले विवादास्पत कुरा गरे । डा. प्रोफेसर क्वाकको गुरुयोजनामा पनि विवाद सृजना भएको भन्दै स्थानीयले गरेको टिप्पणी पनि पूर्वाग्रही भएको उनले उल्लेख गरे ।
मिडियाले केवल दृष्टिकोण मात्र बनाउनुपर्ने भन्दै त्यसको निष्कर्ष जनताले निकाल्नुपर्ने दावी उनले गरे ।
प्रदेश सरकारले हालै दाङको बेलझुण्डीमा गरेको प्रदेश एक्स्पोको बचाउ पनि उनले गरे । प्रदेश एक्स्पो निररर्थक भएको भन्दै आलोचना भएको बेला उनले भने एक्स्पो कम खर्चिलो भएको दाबी गरे ।
मुख्यमन्त्री पोखरेलले लुम्बिनी दैनिक पत्रिकाको कार्यक्रम भएपनि आफ्नै कार्यकर्ताको कार्यक्रम भएजस्तो भाषण गरे । निजी क्षेत्रका अन्य संघसंस्था समेत सहभागी रहेको कार्यत्रममा उनले पत्रकारलाई आफ्ना कार्यकर्ता भन्दा बाहिरका ठानेनन् । कार्यक्रममा सहभागी पत्रकारले भने, ‘हामी मुख्यमन्त्रीको गाली खान आएको हो ? बेतुकको कुरा गरेर जनता भुलाउने ? जनताले कुरा बुझेका छैनन् र ?’
प्रदेश नं. ५ को स्थायी राजधानी दाङ लैजाने कोशिसमा रहेका पोखरेलले पूर्ण रुपमा सफल हुने संकेत नदेखेपछि यहाँका कार्यक्रममा गुनासो बढी गर्ने गरेका छन् । दाङ राजधानी लैजान यहाँका केही अगुवालाई सल्लाहकार राखेर चलाखी गरेका पोखरेलले आफ्नो योजना सफल नुहुँने देखेपछि र मिडियाले अन्धभक्त भएर समर्थन नगरेपछि रोश प्रकट गर्दै आएका छन् । यद्येपी उनको प्रयास जारी छ ।