वडा अध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ

41

बुटवल, फागुन १५ । रुपन्देहीमा सेवाग्राहीसंग घुस लिंदालिंदै दुई जनालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउपालिका वडा नंं ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव रहेका छन् । वडा अध्यक्ष यादवले चार किल्ला सिफारिस वापत ७० हजार र सरकारी वकिलका सहयोगीले बन्दी प्रत्यक्षीकरणका नाममा १५ हजार घुस लिंदालिंदै पक्राउ परेका अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनीहरुलाई घुस रकमसहित रंगेहात पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।