तेस्रो बुटवल खुल्ला लन टेनिस शुरु

32

 

बुटवल, फागुन ६ । रुपन्देहीमा खेलकुदको बिकासका लागी पुर्वाधार बिकासमा ध्यान दिनुपर्ने सरोकारहरुले बताएका छन । ग्रासरुट बाटै खेलाडी उत्पादनको लागी पुर्वाधार सबैभन्दा पहिलो सर्त हुनुपर्नेमा उनीहरुको जोड रहेको छ । रुपन्देही लन टेनिस संघको आयोजनामा सोमबारदेखि बुटवलमा शुरु भएको तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतीयोगीताको उद्घाटन सत्रमा बोल्ले बक्ताहरुले खेलको पुर्वाधार बिकास गर्न तिनै तहका सरकारले पहल लिनुपर्ने बताए ।

प्रतियोगिताको पुर्वमन्त्रि प्रतिनिभि सभा सदस्य तथा पुर्व राष्टिय खेलाडी छबिलाल विश्वकर्माले उद्घाटन गर्दै आफु पनी खेलाडी रहेका कारण खेलकुदकर्मीको भावना बुझ्ने गरी पहलकदमी लिने बताए । उनले पछिल्लो समय रुपन्देहीमा खेल संरचनाको बिकास तिब्र भएको भन्दै टेनीस खेलले रुपन्देहीमा छुट्टै सन्देश छरेको बताए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले अधिराज्यभर विस्तार भैरहेको टेनीस खेलको बिकासले खेलाडी उत्पादनमा सघाउ पुराएको बताइन बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले वडालाई खेलग्रामका रुपमा विकास गर्ने बताए ।
प्रतियोगिताको प्रतिनिभि सभा सदस्य छबिलाल विश्वकर्माले मुख्य रेफ्री सुर्यभुषण बज्राचार्यलाई बल हस्तान्तर गरि खेल शुभारम्भ गरेका थिए । यसैगरी देविनगरमा टेनिस कोर्ट कम्प्लेक्स बनाउन महत्वपूर्ण योगदान गरेका जिल्ला खेलकुद बिकास समितीका पुर्व अध्यक्ष योग गुरुङ र उपभोक्ता समितीका केशब थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

उद्घाटन दिनका खेलहरु ………

उद्घाटन खेलमा मेन्स सिगलतर्फको खेलमा काठमाण्डौका निशान श्रेष्ठले बुटवलका भिष्म काउचालाई २–१ को सेटमा पराजित गरेका छन । पहिलो सेट भिष्मले ६–७ अंकले जित्दै अग्रता लिएका थिए तर दोस्रो सेटमा निशान खेलमा फर्किए । निशानले दोस्रो सेट ६–१ अंक जित निकाल्दै खेल बराबरी ल्याए । निर्णायक अन्तिम सेटमा निशानले खेल ६–० को अंकले आफनो पक्षमा पार्दै २–१ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि सोमबार भएको मेन्स सिगलमा सन्तोष खत्रीले समिर क्षेत्रीलाई ६–१, ६–१ को सेट, नबिन मगरले निरज गुरुङलाई ६–१, ३–६, ६–३ अंक, विकास खड्काले दिपक अर्याललाई ६–१, ६–२ को अंक तथा एक खेलमा वाक ओभर पाएर संयकविक्रम बज्राचार्य क्वाटरफाईनलमा प्रवेश गरेका छन ।

मेन्स ३५ वर्ष उमेर समुहको खेलमा राजन पौडेलले सोम रानालाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेको हो । ३५ वर्ष उमेर समुहकै रामु बिकले शेषमणी चौधरीलाई ६–०, ६–१ को सेटमा जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । गोपाल ज्ञवालीले असोक गुरुङलाई २–१ को सेटमा जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । बुटवलका सन्जय प्रसाद श्रेष्ठले बुटवलका अन्जय बानियालाई ६–३, ६–२ तथा राजु श्रेष्ठले अनिल सेन्चुरीलाई ७–५, ६–० को सोझो सेटमा जित निकालेका छन भने सबिर मिया वाक ओभर पाएर दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि ४५ माथि उमेर समुहमा नबिन चालिसेले प्रेम थापालाई ६–२, ६–३, धर्मसिह लामिछानेले विष्णु प्रसाद चापागाईलाई ६–१, ६–२, गोपी भट्टराईले जगत शाहलाई ६–०, ६–२, सुकमान तामाङले उत्तम बोगटीलाई ६–१, ६–२,

मंगलबार मेन्स सिगल, मेन्स डबल्स, भेट्रान्स गरि २५ वटा खेलहरु हुने छन ।

फागुन ९ गतेसम्ममा संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुषतर्फ ३५ वर्ष माथी, ४५ वर्ष माथी र ५५ वर्ष माथीका उमेरमा प्रतिस्पर्धा हुने संघका सचिव गोपाल ज्ञवालीले बताए ।
त्यसैगरि प्रतियोगितामा डवलतर्फ पुरुष डवल, पुरुष ३५ वर्ष माथी र ४५ वर्ष माथी उमेर समुह गरि ८ विधामा हुने उनले बताए ।

प्रतियोगितामा विभागिय टिमसहित काठमाण्डौ, पोखरा, विराटनगर र बुटवलका समेत खेलाडीहरुले प्रतिस्प्रर्धा गर्नेछन । पुरुष एकल र महिला एकल तर्फ प्रथम द्धितीय तृतीयलाई क्रमश ५५ हजार २५ हजार र १० हजार पुरस्कार रहेको छ । त्यसैगरि पुरुष एकलको ३५ वर्ष माथीकाको प्रथमलाई ३० हजार ४५ वर्ष माथीकाको प्रथमलाई २५ हजार र ५५ वर्ष माथीकाको प्रथमलाई १५ हजार पुरस्कार रहेको छ ।

त्यैसगरि पुरुष डवल तर्फको उपाधि विजेता, ३५ वर्ष र ४५ वर्ष माथी उमेर समुहको उपाधि विजेताहरुले समान नगद २० हजार रुपैयाबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८५ हजार रुपैया लाग्ने अनुमान आयोजकले गरेको छ ।

प्रतियोगितामा १ सय बढी राष्ट्रिय र स्थानिय खेलाडीहरुले विभिन्न विद्यामा उपाधि प्रतिस्प्रर्धा गरिरहेको रुपन्देही लन टेनिस संघका सचिब एवम प्रतीयोगीताका संयोजक गोपाल ज्ञवालीले जानकारी दिए ।

(((((((लियोको बिधालयस्तरीय टेबलटेनिस हुने((((((((((((

फागुन ५ ।
लियो क्लब अल बुटवलले फागुन ७ र ८ गते दुई दिन जिल्ला स्तरिय अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता गर्ने भएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको लियो क्लब अफ बुटवलका अध्यक्ष अभिनास श्रेष्ठले बताए । प्रतियोगिता अन्तरगत कक्षा ४ सम्म छात्रछात्रा, कक्षा ५ देखि ८ सम्म छात्रछात्रा, कक्षा ९ देखि १२ सम्म छात्रछात्रा, छात्र डबल्स, छात्रा डबल्स र शिक्षक सिगल गरि विद्यागत प्रतियोगिता हुने उनले बताए । प्रतियोगितामा जिल्लाका २५ निजि तथा सामुदायिक विद्यालयका करीब ३ सय खेलाडीहरु प्रतिस्पर्धा गर्ने क्लबका सल्लाहकार महेश खनालले बताए । कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को चिफ एडभाईसर अर्जुनमान सैजुले विगत लामो समयदेखि खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिदै आएको बताए । विद्यालयस्तरमा गरिने खेलकुद गतिविधिबाट खेलाडी उत्पादन हुने उनले बताए । कार्यक्रममा लायनेश क्लब अफ बुटवलकी पुजन श्रेष्ठ, लायन्स क्लब अफ बुटवलका अध्यक्ष नरेश श्रेष्ठले विभिन्न पेशा ब्यावसायमा आवद्घ ब्यक्तिहरु सानो सहयोग जुटाएर सामाजिक सेवा गर्दै आएको बताए ।