रायमाझी परिवारद्धारा आश्रमका आश्रीतलाई भोजन

67

भुवन कार्की
बुटवल, ४ फागुन । बुटवल उपमहानगरपालिका वडा नं. ३ स्थित चिडियाखोला निवासी समाजसेवी नारायण रायमाझीले आफ्नोे आमाको १९ औं पुण्य स्मृति दिवसमा आईतबार बुटवलका ७० जना असक्त असाह्य मानिसहरुलाई भोजन गराउनुभएको छ ।
वुटवलको सुख्खानगरस्थित मानव सेवा आश्रममा आश्रीत असक्त असाह्य सहयोगापेक्षी मानिसलाई आमा बोधकुमारी रायमाझीको स्मृतिमा खाना खुवाइएको हो । छोरा नारायण, बुहारीहरु मिश्री रायमाझी र गंगा रायमाझी, नाती नातिनाहरु गणेश, अक्षता, सीता, लक्ष्मी, शितकुमारी लगायतले आश्रममा रहेका असाह्यहरुलाई खाना खुवाउनुभएको हो ।
आमाको आत्माले शान्ति पाओस् भन्ने उद्देश्यका साथ गरिब तथा असाह्य मासिलाई एकदिनको खाना खुवाएको नारायण रायमाझीले बताउनुभयो । रायमाझी भूपू प्रहरी नायब निरीक्षक (सई) पनि हुनुहन्छ । पाल्पाको रैनादेवि छहरा गाउँपालिकाको मुझुङ स्थायी घर भइ हाल चिडियाखोला निवासी रायमाझी परिवारले आश्रममा आश्रीत मानिसलाई भोजन गराएको हो ।
आश्रमका अभिभावक शेरबहादुर गौतमले आश्रममा रहेका गरिब तथा अस्हायहरुलाई खाना खुवाएर रायमाझी परिवारले पुण्य काम गरेको भन्दै प्रशंसा गर्नुभयो । असाह्य भएकै कारण उनीहरु आश्रमको सहारामा आएको भन्दै गौतमले आश्रमले थालेको मानवीय सेवामा सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
हालैमात्र बुटवल उपमहानगरपालिका सडक मानवमुक्त नगर घोषणा गरिएको छ । नगरलाई सडक मानवमुक्त घोषणा गरिएपछि मानव सेवा आश्रमले सडकमा भेटिएका सहयोगापेक्षी बेसहारा मानिसलाई आश्रय दिने गरेको छ ।