आयात हुँने खाद्यान्नमा २८ प्रकारका विषादी

348

रुपन्देही, माघ ४ गते । प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा बातावरण मन्त्री लिला गिरीले किसानहरुले पाउने अनुदान र राहतमा अन्याय हुन नहुँने बताउनुभएको छ । प्रदेश नं. ५ मा किसानलाई उपलब्ध गराईने अनुदानमा अनियमितता भइरहेको भन्ने समाचारहरु आइरहेका बेला मन्त्री गिरीले यस्ता अनिमितता रोक्न आफूले पनि पहल गर्ने बताउनुभयो ।
मन्त्री गिरीले आफु लामो समय कृषिमा सम्लग्न रहेको प्रसंग कोट्याउदै बिगतमा किसानले पाउने अनुदानमा हुने अन्याय र खुसामतप्रति आफु जानकार रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म गाई पालेर दुध बेच्थें, खेती किसानी गरेर घरखर्च चलाएर राजनीति गरेको हुँ, सरकारी अनुदान लिन कति कठिन थियो जानकार छु, अहिले सहज छ तर त्यसको दुरुपयोग हुँनुहुँदैन ।’
उहाँले किसानहरुले सरकारले दिएको अनुदानबाट लाभ लिन नसकेको बताउँदै मुलुकको आर्थिक अवस्थाका कारण किसानहरुको आवश्यकता अनुसार सहयोग गर्न नसकिएको र दिएको अनुदानबाट पनि पर्याप्त लाभ लिन नसकेको बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मन्च प्रदेश समितीले शनिबार बुटवलमा आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रममा बोल्दै मन्त्री गिरीले भारतबाट आउने खाद्यान्नमा अत्याधिक बिषादी मिसावट भएर आउने गरेको पाईएपछि सरकारले रोकेको बताउँदै प्रयोगसालाका अभावमा त्यसलाई निरन्तरता दिन नसकिएको बताउनुभयो ।
सरकारले भारतबाट आउने तरकारी लगायताका बिषादी मिसाईएका खाद्यान्न रोक्ने प्रयत्न ग¥यो तर भैरहवामा रोकेको तरकारी काठमाडौं लगेर परीक्षण गराउँदा यहाँ रहेको कुहिने अवस्था भयो—उहाँले भन्नुभयो । ब्यवस्था परिवर्तन भए पनि हाम्रो बानी परिवर्तन नभएको भन्दै मन्त्री गिरीले खानपान र बसोवासको स्वच्छ वातावरणका लागि मानसिकता परिवर्तनको जरुरी रहेको चर्चा गर्नुभयो । मन्त्री गिरीले खाद्यान्यका पोका जोखेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
उपभोक्ता मन्च नेपालका अध्यक्ष ज्योती बानियाले भारतबाट आयात हुने खाद्यन्नमा २८ प्रकृतिका बिषादी आउँने गरेको बताउँदै नेपालसंग रहेका प्रयोगशालाले दुई प्रकारका मात्र बिषादी परीक्षणबाट पत्ता लगाउन सक्ने अवस्था रहेको बताउनुभयो ।
मन्चका प्रदेश ५ अध्यक्ष तेजकुमार पाठकको अध्यक्षतामा कार्यक्रम भएको हो ।