बुटवल उपमहानगरमा गुणस्तर मापन प्रयोगशाला

485

मोनिषा बस्नेत

बुटवल, पुस १८ । बुटवल उपमहानगरपालिकामा निर्माण साम्रागीको गुणस्तर परिक्षण प्रयोगशाला स्थापना भएको छ । स्थानीय सरकारको आफ्नै गुणस्तर प्रयोगशाला सञ्चालनमा आएको सम्भवत यो क्षेत्रमै पहिलो हो । उक्त प्रयोगशालाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शुक्रबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।

त्यसअवसरमा प्रमुख सुवेदीले भवनसंहीताको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन प्रयोगशालाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । बुटवलमा निर्माण कार्यका लागि प्रयोग गरिने सामग्रीको गुणस्तर नापजाँच अब यहीँ प्रयोगशालामा गराइने छ । बुटवलले भवनसंहीताको पूर्ण कार्यान्वयन गर्नुका साथै इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम लागू गरेको छ । प्रयोगशालामा बुटवल र त्यस बाहिरका लागिसमेत दररेट निर्धारण गरिएको छ ।