कान्ति माविलाई प्रदेशकै नमूना विद्यालय बनाईने

2174

भुवन कार्की
रुपन्देही, पुस २ । रुपन्देहीको बुटवलमा रहेको कान्ति माद्यमिक विद्यालयलाई विज्ञान संकायतर्फ प्रदेश नंं. ५ कै नमूना विद्यालय बनाइने भएको छ । प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयको पहलमा यस विद्यालयलाई विज्ञान संकायतर्फ नमूना विद्यालय बनाउन लागिएको हो । त्यसका लागि संघीय सरकार र प्रदेश सरकारको २० करोड रुपैयाँको संयूक्त लगानी यस विद्यालयलाई प्राप्त हुने भएको छ ।
विद्यालयलाई संघीय सरकार र प्रदेश सरकारले ५०÷५० प्रतिशत बजेट लगानी गर्ने सहमति भएको प्राचार्य गोबिन्द ज्ञवालीले जानकारी दिनुभयो । बिद्यालयको बिज्ञान बिषयको शैक्षिक गुणस्तर बृद्धि गर्न आवश्यक भौतिक पुर्वाधार लगाएतका क्षेत्रमा उक्त बजेट खर्च गरिने ज्ञवालीले बताउनुभयो । यो बजेटबाट दुई वटा शैक्षिक र दुईवटा छात्रावास भवन गरी ४ वटा भवनमा एकसय कोठाहरु निर्माण गरिने पनि प्राचार्य ज्ञवालीले बाउनुभयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले बिगत केही बर्षयता बिद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको र अव प्लस टुतर्फ पनि गुणस्तर वृद्धि हुने अपेक्षा लिनुभयो ।
विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद अर्यालले प्रदेश नंं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको विषेश सहयोगले विद्यालयले यो रकम प्राप्त गर्न सफल भएको बताउनुभयो । संघीय सरकरले चालु र आगामी आर्थिक वर्षमा काम गर्ने गरी आठ कारोड ९४ लाख रुपैयाँ स्वीकृत गरिसकेको अर्यालले बताउनुभयो ।
बि.सं. २०१० सालमा स्थापना भएको यस विद्यालयले बुधबार ६६ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशभित्रका केही विद्यालयहरुलाई विषयगत रुपमा प्रदेशकै नमूना बनाउन सकिने बताउनुभयो । मन्त्री बरालले विज्ञान, गणित र प्राविधिक विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । समयानुकुल शिक्षा नीतिको आवश्यकता औंल्याउदै हालको शिक्षा नीतिलाई आवश्यकता अनुसार परिर्माजन गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बुटवल उपमहनागरपालिकाका प्रमुख शिवराज सुवेदी, विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शर्मा लागयतले भनाई राख्नुभएको थियो ।