दशैं बजारमा उपभोक्ताको भिड

362

 

रूपन्देही, असोज २१ । बुटवलमा जारी तेश्रो राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा व्यापार मेलामा दर्शकको भिड लागेको छ ।
विजयादशमी नजिकिदै गर्दा मेला स्थालमा राखिएको दशंै बजारमा दर्शक तथा उपभोक्ताहरुको भिड बढेको हो । दशै बजारमा बाहिरी बजारको तुलनामा सस्तो मूल्यमा दैनिक उपभोग्य खाद्यबस्तुको बिक्री वितरण भएको छ ।
जुम्लाको मार्सी चामल प्रतिकिलो २ सय २५, चिनी प्रतिकिलो ५८ रुपैयाँ जुम्लाको आलु प्रतिकिलो ५० रुपैयाँ, जुम्लाको स्याउ १ सय ४०, मार्फाको स्याउ १ सय ४० रुपैयाँ प्रतिकिलो विक्रि भएको आयोजकले जनाएका छन् ।
उद्योग व्यापार संघ बुटवल रुपन्देहीको आयोजना, बुटवल उपमहानगरपलिका र जिल्ला समन्वय समितिको प्रवद्र्धनमा भएको प्रर्दशनीमा तेश्रो दिनसम्म करिव २ करोडको कारोवार भएको मूल समितिका संयोजक तथा संघका अध्यक्ष प्रविण पाठकले जानकारी दिनुभयो ।
प्रर्दशनीमा हालसम्म २२ हजार दर्शकले मेलाको अवलोकन संयोजक पाठकले जानकारी दिनुभयो । प्रर्दशनीमा ५ सय १५ स्टल रहेका छन् । अटोमोवाईल्स, फुटवेयर, गार्मेट लगायतका स्टलमा कारोबार राम्रो रहेको सम्वन्धीत स्टलधनीले बताएका छन् ।
सांस्कृतिक कार्यक्रमले पनि दर्शकको मन तानेको छ । डान्स आईडलको टप टेनबाट टप ८ छनोट अडिशन सकिएको सांस्कृतिक संयोजक सिताराम रसाईलीले जानकारी दिनुभयो ।