चौधरीमाथीको धम्कीप्रति युनियनको ध्यानाकर्षण

1144

 

बुटवल २४ असार । नेपाल प्रेस युनियन रुपन्देहीका सदस्य तथा पत्रकार
महासंघ प्रदेश न ५ का कार्यसमिति सदस्य पत्रकार रामविकास चौधरीलाई
जिल्लाको समरीमाई गाउंपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ९बव्लु० ले
ज्यान मार्ने धम्की दिएको प्रति नेपाल प्रेस युनियन रुपन्देहीले गंभिर
ध्यानाकर्षण भएको जनाएको छ ।

लिखित रुपमा सुचना माग गरि सोहि सुचना लिन असार २१ गते कार्यालय समयमा
पुग्दा अध्यक्ष शुक्लाले गरेको उक्त व्यवहार र धम्की अत्यन्तै निन्दनिय र
आपत्तिजनक भएको सभापती बिक्रम खड्काद्धारा जारी विज्ञक्तीमा उल्लेख छ ।
समाचार लेखेको विषयमा चित्त नबुझे त्यसको अन्य कानुनी उपचार हुंदा हुदैं
गांउपालिकाका अन्यकर्मचारीहरुको उपस्थीतिमै अध्यक्ष शुक्लाले गरेको हर्कत
स्वतन्त्र प्रेस तथा सुचनाको हकमाथिको गंभिर उल्लङघन भएको ठहर युनियनले
गरेको जनाएको छ ।

स्थानिय सरकार जनताप्रति पुर्ण वफदारभई कार्यसम्पादनमा जुट्नु पर्नेमा
त्यहां भएका कतिपय क्रियाकलाहरु पारदर्शी नभएको भन्ने प्रश्न उठाउदा एउटा
पत्रकारलाई गर्ने व्यवहारले अध्यक्षको कार्यक्षमता माथी समेत गंभिर
प्रश्न उठेको विज्ञक्तीमा उल्लेख गरिएको छ । ’पत्रकार चौधरीको जिउधनको
सुरक्षाका लागि स्थानिय प्रशासनसंग माग गर्दै दोषीलाई कानुन अनुशारको
कारवाहिको लागि माग गर्दछौ’ बिज्ञक्तीमा भनिएको छ ।